Logo
१० मंसिर २०८१, सोमबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाद्य संस्थानमा चामल अभाव

भोजपुर : खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ ।
दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए।

यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ ।

जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । टेण्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भइरहेको छ ।

खाद्य संस्थानमै चामलको मौज्दाद नभएपछि कुनै पनि समय जिल्लामा हुन सक्ने दैविक प्रकोपमा आपत्कालीन रुपमा खाद्यान्न वितरण गर्नुपर्ने खण्डमा भने समस्या हुनसक्ने बताइएको छ । रासस

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्