बुधबारसम्म देशका पूर्वी तथा मध्य भागमा मौसम सफा नहुने
काठमाण्डौँ : देशका पूर्वी र मध्य भागमा शुक्रबार साँझदेखि सुरु भएको पानी पर्ने क्रम बुधबारसम्म जारी नै रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा बुधबारसम्म छिनछिनमा मौसम बदली भइरहने छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी भागमा भने मौसम खुल्दै आइरहेको छ । मेचीदेखि महाकालीसम्म बनेको न्यूनचापीय प्रणालीका कारण तराई र पहाडी भेगमा मौसम बदली भएको उनले बताए।