Logo
१२ मंसिर २०८१, बुधबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत तार सर्टका कारण नेपालगञ्जको मेडिकलमा आगलागी

खजुरा : नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्