Logo
१ मंसिर २०८१, शनिबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भमा छोरालाई छोरी बताएको अनुमान फेल खाएपछि शिशुको लिङ्ग नै काटिएपछि

दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड राज्यस्थित चतरा जिल्लास्थित झटखोरीमा दुई ‘झोलाछाप डाक्टर’ले एक नवजात शिशुको लिङ्ग काटिदिएका छन् ।

जसले गर्दा नवजात शिशुको ज्यानै गएको छ । आरोपी ती ‘कथित डाक्टर’हरुले आफ्नो झुठ लुकाउनका लागि नवजात शिशुको लिङ्ग नै काटिदिएका हुन् ।

बलिया गाउँको गुड्डी देवीको पेटमा आठ महिनाको गर्भ थियो । २४ अप्रिलमा उनलाई पीडा भएपछि परिवारजनले नजिकको ओम क्लिनिकमा लगे ।

यहाँ क्लिनिक सञ्चालक अरुण र अनुजले पेटको अल्ट्रासाउन्ड गरेर गर्भमा बालिका रहेको बताए । तर जब गुड्डीले छोरालाई जन्म दिइन् तब उनीहरुले आफ्नो क्रुर व्यवहार देखाउँदै शिशुको लिङ्ग नै काटिदिए। अत्यधिक रक्तश्राव भएपछि शिशुको ज्यान गयो ।

लिङ्ग काटिँदा शिशुको ज्यान गएपछि शवलाई झाडीमा फ्याकियो । तर डाक्टरहरुले परिवारजनलाई अपाङ्गता भएकी बालिका जन्मिएपछि मृत्यु भएको भनेर ढाँटेका थिए।

पीडित परिवारका सदस्यले विश्वास गरेनन् । जब उनीहरु शिशुको शव फालिएको स्थानमा गएर हेरे, तब छाँगाबाट खसे जस्तै भए । झाडीमा लिङ्ग काटिएको शिशुको शव अलपत्र थियो ।

त्यसपछि उनीहरुले हङ्गामा शुरु गरे । यस्तोमा झोलाछाप डाक्टरहरुले एक लाख रुपैयाँ दिएर मामिला ढाकछोप गर्ने कोशिशमा जुटे तर परिवारजन तयार भएनन् ।

पीडित परिवारले मंगलवार राति पुलिसलाई घटनाको सूचना दिए । जसमाथि कारबाही थाल्दै प्रहरीको टोली बुधबार बिहानै क्लिनिकमा पुग्यो तर त्यो बेलासम्म दुवैजना फरार भइसकेका थिए ।

पुलिसले नर्सिङ्ग होमलाई सिल गरिदिएको छ । अनुज कुमार र अरुण कुमारविरुद्ध हत्याको मामिला दर्ता गरेर जाँच थालिएको छ ।

प्रदेशका स्वास्थ्य मन्त्री रामचन्द्र चन्द्रवंशीले सिभिल सर्जनलाई जाँचको रिपोर्ट दिन निर्दशन दिएका छन् । दुवै आरोपी बिहारको बाराचट्टी गाउँका बासिन्दा हुन् ।

झटखोरी अस्पतालका चिकित्सा प्रभारी डा. डीएन ठाकुरले १३ अप्रिलमा अवैध रूपमा चलिरहेका कयौँ क्लिनिकमा छापा मारेर कारबाही चलाएका थिए । यस क्रममा उनी ओम क्लिनिक पनि पुगे ।

अपरेशन रूम समेत अन्य सुविधा र उपकरणको पनि जाँच गरे । यस क्रममा क्लिनिक सञ्चालक अनुज कुमार पनि त्यहीँ थिए । जो सँग ठाकुरले तीन दिनभित्र आवश्यक कागजात ल्याउन भने । आरोपीले कागजात उपलब्ध नगराई क्लिनिक चलाइरहे ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्