Logo
११ मंसिर २०८१, मंगलबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दृढ इच्छाशक्ति सहित मुसहर समुदायकी शान्ति सदा नेपाल आइडलमा

धरान : नेपालमा पहिलोपटक एपीवान टेलिभिजनले आयोजना गरेको नेपाल आइडल, गायन क्षेत्रको विश्वस्तरीय रियालिटी शोमा आफ्नो प्रतिभा लिएर सिरहा गोलबजारस्थित जम्दहमुसहर्नीे विपन्न समुदायकी शान्ति सदाले भने आफ्नो क्षमता गायन प्रतिभा मार्फत देखाएकी छिन् ।

केही हद सम्म तराई मधेसमा परीवर्तन आए पनि त्यहाँका विपन्न वर्ग भने अझै पनि माथि उठन सकेको छैन् । तर, परम्परागत बन्द परिवेशमा हुर्किएकी सदाले यसरी एउटा बन्द परीवेशबाट माथि उठेर आफ्नो समाज , समुदायकोलागि नै केही गर्ने इच्छाले नेपाल आइडलमा आएकी छिन् । नेपाल आइडलको दोस्रो सिजनका लागि अडिसन दिन उनी श्रीमानसँग धरानको विष्णु मेमोरियल उच्च मावि पुगेबी छिन् । करिब एक हजार प्रतिस्पर्धीसँगै उनले पनि आफ्नो गायन प्रतिभा देखाएकी छिन् ।

मधेशका महिलाहरु घरभित्र वा बाहिर सल वा साडीको एक छेउले अनुहार छोपेर हिँड्ने चलन अहिले पनि रहेको छ । शान्ति सदाले भने त्यही घुमटोँ आफ्नो शक्तिको रुपमा प्रयोग गर्दे गाउन पुगेकी छिन् । गायन क्षेत्रमा उनलाई घर परीवारको सहयोग रहेको छ । नौ वर्षअघि विवाह भएकी सदाका दुई सन्तान रहेका छन् ।

घरमा गृहिणीका रूपमा काम गर्दे आएकी सदाले मनभित्रको चाहना भने मारेकी छैनन् । सानै उमेरदेखि घरमा दिदी र आमाको सहयोग पाएर गीत गाउँदै हुर्किएकी सदाले बाल क्लबमा आफ्नो क्षमता देखाउँथिन् । गुरुदेव कामतसँग संगीत सिकिरहेकी उनले आफूभित्रको क्षमता निखारेर मात्र धरान आइपुगेको छिन् । नेपाल आइडलका लागि अडिसन दिन विभिन्न क्षेत्रका फरकफरक समुदायका व्यक्तिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्