Logo
३ आश्विन २०८१, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनःनिर्माणका तस्वीर र श्रव्यदृश्य सामग्री प्रदर्शनी

काठमाडौं : भूकम्पपछिको पुनःनिर्मााणका विषयमा जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तस्वीर प्रदर्शनी आयोजना गरेको छ ।

गोरखा भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न र पुनःनिर्माणको पछिल्लो प्रगतिबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आज शुभारम्भ गर्नुभयो । २०७२ वैशाख १२ गतेको भूकम्पको तेस्रो स्मृति दिवसका अवसरमा प्राधिकरण कार्यालय परिसरको पूर्वीद्वारमा पुनर्निर्माणसँग सम्बन्धित प्रकाशित तस्वीर एवं श्रव्यदृश्य सामग्री प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माणलाई अझ प्रभावकारी बनाउन रायसुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । प्रदर्शनी यही वैशाख १३ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्