Logo
११ मंसिर २०८१, मंगलबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाँइजो कुप्रथा माथि बनाइएको चलचित्र ‘भोर’ बैशाख २१ गतेबाट प्रदर्शनमा

कठमाण्डौँ : नेपाली समाजमा दाँइजो एउटा कुप्रथाको रुपमा रहेका छ । दाइजोको कथा तराईको मात्र समस्या न भई, पहाडी क्षेत्रमा पनि यो ठूलो समस्याका रुपमा रहेको पाइन्छ । तर, विशेषत दाइजोका नाममा धेरै छोरीहरुलाई घर बाट निकालिएको र याताना दिएर मारेको कुरा तराईमा निकै सुन्न पाइन्छ ।

यही प्रचलनलाई उठान गरिएर निर्माण गरिएको चलचित्र ‘भोर’ छिटै प्रदर्शनमा आउन लागेको हो । चलचित्र यही वैशाख २१ गतेबाट प्रदर्शन हुँदैछ । यसअघि सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर निर्देशक यादव कुमार भट्टराईले यस फिल्मको निर्देशन गरेका हुन् । यस चलचित्रको छायांकन सबै जनकपुरमा भएको छ भने कलाकारहरु पनि सबै मिथिलाञ्चलकै रहेका छन् । चलचित्रका लेखक कृष्ण धरावासी हुन् ।

चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, मदन ठाकुर, विष्णुकान्त झा, डोली सरकार, पूजा कर्ण लगायतले अभिनय गरेका छन् । फिल्मले सन्देशका साथै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्