Logo
१२ मंसिर २०८१, बुधबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रक चालकलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा

भक्तपुर : भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आईतबार ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

यही वैशाख १ गते राति बा४ख २९३४ नंको ट्रकले ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय रामहरि भुजेलको मृत्यु भएको थियो भने सवारी सहित चालक फरार भएका थिए । चालक नुवाकोट, बेलकोट नपा–१२ घर भई काठमाडौँ बालाजु बस्ने ५१ वर्षीय मोहनबहादुर अधिकारीलाई भनपा–१ सल्लाघारीस्थितबाट पक्राउ गरी आज ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिएका छन् । (रासस)

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्