Logo
२७ चैत्र २०८१, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनमा सांसदको परिवारसहित आठ जनाको मृत्यु

अमान : जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी सांसद अमाम्रेह उनका श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन ।

त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन् । (रासस)

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्