पार्टी एकताको विषयमा ओली र प्रचण्डबीच छलफल सकियो, भोलि पनि छलफल हुने
काठमाडौं : पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
पार्टी एकता संयोजन समितिले बुझाएको प्रतिवेदनमाथि दुई नेताले छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निश्कर्षमा नपुगेकाले शनिबार पनि छलफल हुने प्रचण्डले जनाएको छ ।