Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम :  तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो ।

कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । जिल्लामा रहेका २०६ वटा कूल सहकारीमध्ये ३४ वटा सहकारी प्रदेश कार्यालयअन्तर्गत परेका र बाँकी १७२ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेन राईले जानकारी दिनुभयो ।

जिल्लाको म्याङ्लुङ नगरपालिकालाई ३० वटा, लालीगुराँस नगरपालिकालाई ३९ वटा, छथर गाउँपालिकालाई ४६ वटा, आठराई गाउँपालिकालाई १८ वटा, फेदाप गाउँपालिकालाई २६ वटा र मेन्छ्यायेम गाउँपालिकालाई १३ वटा सहकारी संस्था हस्तान्तरण गरिएका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्