Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीको मौसममा नाकबाट रगत आउँने समस्याबाट बच्ने यी हुन् घरेलु उपायहरु

गर्मीको समयमा हाम्रो शरीरमा बिभिन्न प्रकारका समस्याहरु देखिने गरेको पाइएको छ । गर्मीको मौसममा नाकबाट रगत आउने समस्या अधिकांश पाइन्छ । केहीलाई त गर्मीको समयमा तातो खानाले पनि नाकबाट रगत आउने गरेको पाइएको छ । यस्ता समस्या दोहरी रहनु शरीरका लागि हानिकारक मानिएको छ ।

गर्मीयाममा नाकबाट रगत आउँनु कुनै ठूलो समस्या होइन । यसलाई सामान्य मानिएको छ तर पनि पटक पटक दोह्रीनुलाई राम्रो पनि मानिदैँन । नाकबाट रगत आउनु भन्दा पहिला नै हामीमा यसको लक्षण देखा पर्न थाल्छ यदि हामी त्यसको रोकथाम गर्न पायौँ भने यस समस्याबाट हामीलाई छुटकार मिल्न सक्छ ।

गर्मीको समयमा नाकबाट रगत आउँने समस्या समाधानका यी हुन रामबान उपायहरु
१. चिसो पानीलाई धार बनाएर टाउकोमा हाल्नाले नाकबाट रगत आउँन बन्द हुन्छ ।
२. नाकबाट रगत बगने बेलामा मुखबाट सास फेनुर्स् ।
३. प्याजलाई काटेर नाकको नजिक राखनुस् र सुघनुस् ।
४. नाकबाट रगत आउँने बेलामा टाउको अगाडीपट्टी झुकाएर राखनुस् ।
५. गर्मीको मौसममा स्याउको मुरब्बामा इलायची राखेर खानुस् ।
६. बेलको पातलाई पानीमा उमाल्नुस् र मिश्री घोलेर खानाले नाकबाट रगत बगन बन्द हुन्छ ।
७. नाकबाट रगत बगेको बेला कपड़ामा बर्फ राखेकर रोगीको नाक माथि राखनुस् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्