सुनको मूल्यमा बृद्धि ,बुधबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार
काठमाडौं: सुनको मूल्यमा बृद्धि भएको छ । बुधबार तोलामा २०० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंलगबार ५८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । नयाँ वर्ष लागे सँगै सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउँ भढे सँगै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।