Logo
२८ पुस २०८१, आईतबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको आर्थिक समृद्धिका लागि संस्थागत सुशासन आवश्यक : राष्ट्रपति भण्डारी

काठमााडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक समृद्धिका लागि संस्थागत सुशासन आवश्यक रहेको बताएकी छिन् । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उहाँले देशमा रोजगारी प्रवद्र्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइन् ।

राष्ट्रपतिले देशको आर्थिक समृद्धिमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासन कायम गर्दै लगानी अभिवृद्धि र व्यापार प्रवद्र्धनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिएकी छन् ।

राष्ट्रको अर्थतन्त्रलाई सुदृढ एवं सबल तुल्याउन सार्वजनिक र निजी क्षेत्रबीचको साझेदारीबारे पनि विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्