Logo
२७ चैत्र २०८१, बिहीबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नुवाकोट : देवीघाट–गल्छी सडक खण्डस्थित बेलकोटगढी नगरपालिका– ५ कोल्पुटरमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ भएको सो दुर्घटनामा गल्छी गाउपालिका–१ का ५० वर्षीय हरिप्रसाद खतिवडाको मृत्यु भएको हो ।

गल्छीबाट देवीघाट आइरहेको बा २ क ४००८ नंं को मिनीट्रकले विपरित दिशाबाट आइरहेको बा ८६ प ९५२० नंं को मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

मोटरसाइकल पछाडि बसेका गल्छी गाउपालिका–१ का ४७ वर्षीय नवराज ओझा दुर्घटनामा परी गम्भीर घाइते भएकाले उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्