Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीश सपना प्रधानको एकल इजलासबाट राष्ट्रपतिको सपथ विरुद्धको रिट खारेज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ विरुद्ध परेको रिट खारेज भएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट खारेज गरेको हो।

अधिवक्ताहरु नारायण खरेल र हेममणि सुवेदीले पदावधि सकिएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिएको र त्यो अवैधानिक भएको भन्दै चैत १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

राष्ट्रपति भण्डारीले फागुन ३० गते पराजुलीबाट सपथ लिएकी थिइन्। सोही दिन साउनमै उमेरहदका कारण पदावधि सकिइसकेको भन्दै न्याय परिषद् सचिवालयले पराजुलीलाई अवकाशको पत्र पठाएको थियो।

परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषद्लाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट पराजुली प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराइएको थियो।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्