भारतीय वाणिज्य दूतावास नजिक बम बिस्फोट
मोरङ: बिराटनगरं स्थित भारतीय वाणिज्य दूतावास नजिक बम बिस्फोट भएको छ । बिस्फोट पछि वाणिज्य दूतावासको बिल्डिंगमा सामान्य क्षति भएको छ । बिस्फोट सोमवार राती भएको जनाइएको छ ।
मोरङका एसपी अरूण कुमारका अनुसार दूतावास बिल्डिंगको पछाडि उक्त बिस्फोट गराइएको हो । यस घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम बिस्फोटको पछाडि नेत्र बिक्रम चन्दको हात हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।