नयाँ वर्ष मनाउन जनकपुरमा स्वदेशी पर्यटकको चहलपहल बढ्यो
जनकपुरधाम : नयाँ वर्ष २०७५ को अवसरमा जनकपुमरा आन्तरिक पर्यटकहरुको भीड देखिएको छ । वैशाख १ नयाँ वर्ष मनाउन देशका विभिनन स्थानहरुबाट स्वदेशी पर्यटकहरु जनकपुर आएका छन् ।
विगतका वर्षहरुमा जनकपुरका लागि खल्लो हुने वैशाख १ अर्थात नयाँ वर्षमा यस पटक भने स्वदेशी पर्यटकहरु बढेका हुन् । उनीहरु जानकी मन्दिरमा दर्शनसंगै जनकपुरका भ्रमण गर्दै नयाँ वर्ष मनाउन आउँदा आज जनकपुरमा विहानैदेखि चहलपहल देखिएको छ ।
प्रायः अंग्रेजी नयाँ वर्षमा जनकपुरमा बढी चहल पहल हुने गरेको थियो । भारतीय नागरिकहरु समेत अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुर आउने गर्दछन् । तर यस पटक देशका विभिन्न स्थानहरुबाट नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक बढेपछि व्यवसायीहरु खुसी भएका छन् ।