Logo
११ मंसिर २०८१, मंगलबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा बढ्यो तस्करी : हक्काहाक्की तस्कर भन्छन् -‘दुवै देशका प्रहरी हाम्रो मुठ्ठीमा छन्’

रौतहटमा तस्करी तथा अवैध कारोबार थप बढेको छ । सीमावर्ती भारतीय बाजार बैरगनियाबाट रौतहटको मुख्य नाका भएर प्रहरीकै संरक्षणमा खुलेयाम अवैध कारोबार तथा तस्करी हुने गरिएको स्थानियको आरोप छ । स्थानियहरुका अनुसार भारतीय नम्बर प्लेटको टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा अवैद्ध रुपले भित्रयाइने गरिएको छ ।

साथै भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान देखाउटी रुपले चेक जाँच गर्नमा ब्यस्त रहेता पनि भन्सार कार्यालयका कर्मचारीहरुले समेत तस्करी गराउने गरिएको समेत खुलेको छ । स्थानियका अनुसार दिनहु १००/२०० रुपैयाँको लोभमा ‘लाइन’ दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तर विच ठाँउमा ल्याई राखिएको सामान गौर बाजारमा ल्याउने गरिएका छन् ।

तस्करी कार्यमा सामेल रहेका तस्करहरुले भारतका प्रहरी/प्रसाशन र नेपालका प्रहरी/प्रसाशन आफ्नो मुठ्ठीमा भएको दावि गर्छन् । ‘तिमि पत्रकारहरुले लेखेको त्यस्ता न्युज/फ्यूजले केहि हुदैन दुवै देशका प्रहरी प्रसाशन हाम्रो मुठ्ठीमा छन्’ एक तस्करले भने ‘सबै प्रमुखहरुसंग हाम्रो हप्ता तथा दैनिक अनुसारको डिल रहेको छ । उहाँहरुले दिनेगरेका लाइनकै अधारमा हामिले सामान वारपार गर्ने गरेकाछौं ।’

भारतबाट बिधिुतिय सरसामान, हार्डवेयरका सरसामान, तथा चीनी, खानेतेल, लताकपडा, कुखुराको चल्ला, सहितका समानहरुको तस्करी हुनेगरेका छन् । त्यस्तै नेपालबाट गोलमरिच, ईलाईची, सुपारी जस्ता समानहरुको तस्करी हुने गरिएको पाइएको छ ।

सबै भन्दा महत्वपुर्ण कुरा त के छ भने, रौतहटको राजपुर नगरपालिकाबाट हप्तामा २/३ पटक नेपालको राष्ट्रिय जनावर गाई समेत गोरु, भैसी, रगा, लगायतका जनवार समेत ईस्नाथ नगरपालिकाको बाटोबाट भारततिर तस्करी हुन थालिएको छ ।

‘खोई स्थानिय सरकार रे प्रदेश सरकार रे के-के हो के-के भन्छन् तर यहाँ त ब्रहमलुट नै भइरहेको छ, दैनिक रुपमा तस्करहरुले तस्करी गर्दैछन, कसैलाई कुनै मतलव छैन’ राजपुरका एक बासिन्दाले भने ‘रौतहटका प्रहरी प्रमुखले नै बोर्डर ईलाकामा रहेका चौकीहरुमा तस्करी गराउनेहरुलाई ईन्चार्ज बनाएर पठाईएका छन् र कमिसन खाँदैछन् ।’

यसबारे रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले हामिलाई त्यस्तो कुनै जानकारी नभएको बताए । नागरिक टाइम्ससंगको कुराकानीमा उनले भने ‘अहिलेसम्म मलाई केहि थाह छैन अब म एक चोटी सिरियसली यसबारे पता लागउँछु र सम्बन्धितलाई कारवाही पनि गर्छु ।’

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्