Logo
५ माघ २०८१, शनिबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला स्वास्थ्य कार्यालयमा रगत बैंक नहुँदा सुत्केरी महिलाको ज्यान जोखिममा

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ । उनी सुत्केरी भएको १८ दिन भयो । बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताए ।

बच्चा पाउनका लागि जगन्नाथ स्वास्थ्य चौकी जाँदा बीचबाटोमै बच्चा पाएर घर गएकी हुँ । बच्चा पाएको १३ दिनपछि मात्र रगत बग्न थालेको विकको भनाइ छ ।

उनले घरमा दुई छोरा भएकाले छोरीको आशमा बच्चा एक स्वास्थ्य संस्थामा गएर गर्भपतन गरेको बताए । सोही पछिको हाल जन्मेको शिशुपछि रक्तश्राव बढ्दै गएकाले शरीरमा चार प्वाइन्ट रगत भएकाले सुत्केरी आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिएका छन् ।

सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको कुँवरले बताएका छन् ।

सुत्केरी भएकी आमालाई ज्यान जोगाउनका लागि सात प्वाइन्ट रगत चाहिने डाक्टर विश्वकर्माको भनाइ छ । सुत्केरी विकको उचचारमा कार्यालय प्रमुख डा. दुर्गा महर्जन संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सुत्केरीको ज्यान बचाउनका लागि जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरीलाई समेत ‘बी’ पोजेटिभ रगत दिन आग्रह गरिएको छ । रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत राख्ने उपकरण भने बिग्रिएकाले खरिद गरिएको बताइएको छ । रगत राख्ने मेसिन नै बिग्रिएकाले रगत जम्मा गरेर राख्न नमिल्ने एक रेडक्रसको ल्याबमा कार्यरत कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्