होसियारः आँखामा यस्ता समस्या देखिन आएमा चस्मा प्रयोग गरौं ।
शरीरको महत्वपूर्ण अंग मध्ये आँखा भएकोले आधुनीक जिवनशैली, धुलोधुवाँ, अस्वस्थकर खाना,मोबाईल तथा कम्प्युटरमा धेरै समय बिताउने बानी जस्ता कारणले आँखामा अनेकौं समस्या देखिन सक्छ । बिस्तारै आँखाको ज्यातीमा कमजोरी हुने र हेर्दा पोल्ने दुख्र्ने आदि समस्या देखिन थाल्छ । यी समस्या आएमा चिकित्सकको परामर्श एबं चस्मा प्रयोग गर्नुपर्ने अवस्था हुन्छ ।
– किताब पढ्दा, टिभी हेर्दा वा लगातार कम्प्युटरमा काम गर्दा टाउको र आँखा दुख्न सक्छ । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जाँच गर्न पुग्नुपर्छ । यस्तो अवस्थामा चस्माको जरुरत पनि पर्न सक्छ ।
– कतिपयलाई रातको समय आँखामा थकान महसुस हुने, भारी हुनेजस्ता समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आँखालाई चस्माको अवश्यकता परेको हुन सक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
– कदम टाढा रहेको व्यक्ति तथा वस्तु चिन्न नसक्ने, झुन्ड्याइएका साइनबोर्ड पढ्न नसक्ने समस्या भएमा पनि चस्माको आवश्यकता पर्न सक्छ ।
– लाइट तथा कुनै वस्तुलाई नजिकबाट हेर्दा धेरै बेर सम्म धब्बा आँखा अगाडी देखिएमा ।
– कतिपयलाई आँखाबाट पानी बग्ने तथा चिलाउने समस्या हुन सक्छ । नियमित यस्तो समस्या भएमा चस्मा लगाउनुपर्छ ।
– चम्किलो लाइट हेर्दा आँखामा पीडा महसुस भएमा पनि चस्मा प्रयोग गर्नुपर्ने हुन सक्छ ।
– टाढा वा नजिकका वस्तुलाई डबल देख्न थाल्नुभयो भने पनि बुझ्नुपर्छ कि आँखामा समस्या छ । यो आँखाको दृष्टि कमजोर भएको लक्षण हो । यस्तो अवस्थामा पनि चस्मा लगाउनुपर्ने हुन सक्छ ।
एजेन्सीको सहयोगमा