Logo
२ माघ २०८१, बुधबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको भ्रमण लगतै ठाकुर पछि अब पूर्वप्रधानमन्त्री डा. भट्टराई पनि भारत जाँदै

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् । नयाँ शक्ति पार्टीका मिडिया सेन्टरले दिएको जानकारी अनुसार डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिने छन् । उनी नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।

पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् ।

भट्टराईले धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । उनको साथमा ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुबासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ । प्रधानमन्त्री केपिशर्मा ओलीको भारत भ्रमण लगतै राजपा संयोजक महन्थ ठाकुर पनि भारत पुगेका छन् ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्