Logo
१० मंसिर २०८१, सोमबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ हजार १६ निकायको आर्थिक कारोवारको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ । सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

महालेखापरीक्षकमा आफू नियुक्त भएको ११ महिनाभित्र २०७४ सालको नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसमेत गरी ६ हजार १६ निकायको आर्थिक कारोवारको परीक्षणपपछि देखिएका विषय प्रतिवेदनमा उल्लेख गरिएको शर्माले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्