Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने : प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् । भरतपुर महानगरपालिका–१४ पकौडीमा बिहीबार आयोजित शोकसभामा उनले शुक्रबार आफु काठमाडौं फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे।

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै दाहालले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दाबी गरे।दाहालले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए। विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ।’

नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने बताउँदै उनले जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएकाले त्यसको पक्षमा आफुहरु रहेको उल्लेख गरे।सरकारले छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने भन्दैदाहालले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए।

अध्यक्ष दाहाल अाफ्ना साला (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौं दिनमा बिहीबार माओवादी केन्द्र १४ नं वडा कमिटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा भरतपुर अाएकाहुन।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्