Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतृत्व व्यवस्थापनमा छलफल गर्न बाँकी : उपाध्यक्ष रावल

काठमाडौँ : नेकपा एमाले) का उपाध्यक्ष भीम रावलले नेकपा (एमाले) र नेकपा (माओवादी) बीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् ।

रिपोर्टस क्लबल बिहिबार आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको स्पष्ट पारेका छन् । उनले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएको हुनसक्ने जानकारी दिए । रावलले वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको बताए ।

दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उनको भनाइ छ । उनले सत्ता पक्ष र प्रतिपक्ष मुलुकलाई समृद्धि तर्फ लैजानका लागि एक साथ हिँड्नुपर्ने विचार व्यक्त गरी भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नभएको भन्दै उनले पहाड क्षेत्रमा रेलमार्ग विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

‘नेपालको सिमाना क्षेत्रमा भारतसँग पहिल्यै नै यातायात जोडिएको छ । अहिले पनि ती सिमानासम्म भारतले रेगमार्ग विस्तार गर्न आवश्यकता छैन’ उनले भने, ‘हामीलाई पूर्व–पश्चिम रेलमार्ग चलाउन आवश्यकता रहेको छ ।’नेता रावलले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन्

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्