Logo
२ माघ २०८१, बुधबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीच सन्धीहरुको आवश्यक सुधारका लागि आजदेखि दिल्लीमा बैठक 

काठमाडौँ : नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजीको) आठौँ बैठक भारतको नयाँ दिल्लीमा विहीबारदेखि शुरु हुने भएको छ ।  यसअघि गएको फागुनमा प्रबुद्ध समूहको बैठक नेपालमा बसेको थियो । काठमाडौंमा भएको यसअघिका बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए।

दुई देशबीचको सम्बन्धको अध्ययन र सन्धीहरुको आवश्यक सुधारका लागि सिफारिस गर्न गठित इपीजीको भोलिसम्म चल्ने बैठकमा सहभागी हुन भेषबहादुर थापा संयोजकत्वको टोली बुधबार नै दिल्ली गएको छ । आठौँ बैठकले हालसम्म भएका दुई पक्षीय समझदारीलाई अन्तिम रुप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने विषयको टुङ्गो लगाउने बताइएको छ ।

दुई देशबीचको सन्धी सम्झौताको अध्ययन, पुनरावलकन एवं आवश्यक सुधारका लागि सिफारिस गर्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह इपीजीको म्याद आगामी असार २० गते सकिँदैछ ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्