Logo
२८ पुस २०८१, आईतबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार दिनसम्मको चीन भ्रमण गरी नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्केका छन् । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण कार्यक्रममा भाग लिई उनी स्वदेश फर्किएका एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका छन् ।

नेता नेपालले चार दिनसम्म चीन रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरेका सचिव रिजालले बताए ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्