Logo
११ मंसिर २०८१, मंगलबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक मार्फत डिआईजी खरेलको राजिनामा घोषणा

काठमाडौँ : नेपाल प्रहरीका डिआईजी रमेश खरेलले सामाजिक सञ्जालबाट राजिनामा दिएको घोषणा गरेका छन् ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजीको वरियताका एक नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनाललाई २६ औं महानिरिक्षक बनाउने निर्णय गरेसँगै उनले राजिनामा दिने मनस्थिति बनाएका हुन् । डिआईजी वरियतामा उनी दुई नम्बरमा थिए भने तीन नम्बरमा पुष्कर कार्की थिए ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘नव नियुक्त प्रहरी महानिरिक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै २९ वर्षे सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल ।’

 

 

 

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्