ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारले दिए राजिनामा
वासिङटन: ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएका छन् । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार राजिनामाको घोषणा गरेका हुन् ।