Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे, आउँदो वर्षको बजेट स्वातै घट्ने

काठमाडौं : सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे परेको छ । यसैकारण आउँदो बर्षको बजेट पनि कम ल्याउने तयारी अर्थमन्त्रालयले गरेको छ । आगामी आर्थिक वर्ष बजेटका स्रोत कटौती हुने तर खर्च बढ्ने भएपछि सरकारले बजेट घटाउन लागेको अर्थ स्रोत स्रोत बताउछ ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १२ खर्ब चार अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेर विभिन्न मन्त्रालय तथा निकायलाई पठाइसकेको छ । यो बजेट सीमा चालू बजेटभन्दा करिब ७५ अर्ब कम हो । सरकारले चालू आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यस वर्ष संघीय सरकारले राज्यका सबै क्षेत्रबाट राजस्व उठाउँदा समेत सरकारलाई खर्च धान्न कठिन देखिन्छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले संघीय राजस्वको ३० प्रतिशत प्रदेश सरकार र स्थानीय तहमा पठाउनुपर्ने व्यवस्था छ । आन्तरिक उत्पादनबाट उठ्ने राजस्व अन्तः शुल्क र मूल्य अभिवृद्धि कर घटेपछि अहिलेको राजस्वमा एक खर्ब १० अर्ब कम हुनेछ ।

संघीयता कार्यान्वयनसँगै बजेट खर्च ह्वात्तै बढेको छ । स्रोत अभावका कारण सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सीमा खुम्च्याएको योजना आयोगका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्