प्रधानमन्त्री ओलीको भ्रमणपछि अचानक राजपा संयोजक महन्थ ठाकुर दिल्लीमा
नयाँ दिल्ली : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महन्थ ठाकुर केहि दिने भ्रमणका लागि अचानक दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक भारत भ्रमण गएको एक हप्ता नवित्दै अध्यक्ष ठाकुर विशेष भेटघाटको लागि दिल्ली आइपुगेका हुन् ।
नेता ठाकुरको साथमा सांसद चन्दा चौधरी आएकी छन् । उनको दिल्ली भ्रमणको एजेण्डाबारे केहि खुलेको छैन । प्राप्त जानकारी अनुसार नेता ठाकुर, नेपालमा सम्पन्न भएको तीन तहको निर्वाचन, ओलीको नेतृत्वमा नयाँ सरकार निमार्ण, मधेशी दलको भूमिका, मधेश केन्द्रित दलले उठाँउदै आएको संविधान संशोधनको विषयमा भारतीय सरकारको औपचारिक धारणा बुझन दिल्ली आइपुगेका हुन् ।