Logo
११ मंसिर २०८१, मंगलबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको कोठीबाट पाँच नेपाली चेलीको उद्धार

नेपालगन्ज : भारत आगरा शहरको काश्मिरी बजारस्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ । माइती नेपाल क्षेत्रीय कार्यालयका संयोजक केशव कोइरालाको नेतृत्वमा नेपालगन्जबाट गएको टोलीले भारतीय प्रहरीको सहयोगमा सो कोठीमा छापा मारी १७ देखि २२ वर्ष उमेर समूहका पाँच नेपाली र चार भारतीय युवतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका नेपाली र भारतीय चेलीलाई अहिले आगराकै नारी निकेतन संस्थामा राखिएको छ । “अहिले मुद्दा प्रक्रिया शुरु भएकाले उद्धार गरिएका चेलीलाई नेपाल ल्याउन नसकिएको हो”–क्षेत्रीय संयोजक कोइरालाले आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने ।

कोठीबाट उद्धार गरिएका नेपाली सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र धादिङ जिल्लाको भएको बताइएको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्