Logo
६ पुस २०८१, शनिबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलाम्चीबाट असोज पहिलो सातादेखि राजधानीमा दैनिक १७ करोड लिटर पानी आउने

काठमाडौं : बहुप्रतीक्षित मेलाम्ची खानेपानी आयोजनाको सुरुङमा मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । सिन्धु ग्याल्थुम खण्डको साढे सात किलोमिटरको ‘ब्रेक थ्रु’ भएको हो । अब असोजको पहिलो साता नै राजधानीमा मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

खानेपानी मन्त्री विना मगरले मंगलबार मेलम्चीको सुरुङमा ‘ब्रेक थ्रु’ भएको जानकारी दिइन् । यसअघि सन् २०१६ मा सुन्दरीजल-सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम-अम्बथान खण्डको ८.२ किलोमिटर ‘ब्रेक थ्रु’ भएको थियो ।

यो तेस्रो ‘ब्रेक थ्रु’ले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको हो । अब १७ करोड लिटर पानी दैनिक राजधानीमा आउनेछ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीका अनुसार मेलम्चीको पानी प्रत्येक घरमा दैनिक ४ घण्टाका तरले वितरण हुनेछ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्