Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट कार्यान्वयन गर्न सरकार असफल, हालसम्म २८ प्रतिशत मात्रै पूँजीगत खर्च

काठमाडौं :  बजेट कार्यान्वयन गर्न सरकार असफल देखिएको छ ।  फागुन मसान्तसम्ममा पूँजीगत खर्च २८ प्रतिशत  अर्थात ९३.७० अर्वमात्र मात्रै खर्च भएको हो ।

चालु आवको बजेटमा पूँजीगत खर्चका लागि ३ खर्व ११.९४ अर्ब छुट्याएको थियो । अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा चालू खर्च पनि सन्तोषजनक छैन । चालु खर्च अन्तर्गत ४ खर्ब २.४८ अर्ब रुपैयाँ खर्च भएको छ। कूल चालू खर्चको ५०.०९ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षका लागि चालू खर्चको लागि ६ खर्ब १७ अर्ब, र यसैगरी वित्तीय व्यवस्थापनका लागि छुट्याइएको १ खर्ब १९ अर्बमध्ये ३१.७१ अर्ब अर्थात २२.६१ प्रतिशतमात्र खर्च भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको बजेट कार्यान्वयन समीक्षा एंवम आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयारीसम्बन्धी बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट भने लक्ष्य अनुसार प्रगति हासिल हुने गरि तयार गर्न अर्थ मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

बजेट तर्जुमा गर्दा पर्याप्त पूर्वतयारी गर्ने, दातृ निकायसँग सहायता संझौता गर्दा आफ्नोतर्फबाट तयारी गरेर मात्र सम्झौता गर्ने, बजेट नियमन र सहजीकरण गर्दा कार्यान्वयनको प्रभावकारिता हेर्ने र गैर बजेटरी बजेट माग गर्ने प्रवृत्तिले संसदीय मर्यादा माथि अवमूल्यन गरेको ठहरिने हुँदा यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने विषयमा जोड दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्