Logo
६ पुस २०८१, शनिबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको व्यापार नीति ‘अविवेकी’ : राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् ।

ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गरेकाको हुन् । उनले ट्वीटर पेजमा चीनको मोटरगाडी आयातबारे आएको पछिल्लो नीतिलाई ‘अविवेकी’ भनेका छन् ।

आइतबार चीन र अमेरिकाबीच ब्यापारमा असन्तुलन भएको बिषयलाई जोड दिँदै भने, “मोटरगाडी आयातमा चीनको करनीति सही छैन ।”

चीनबाट अमेरिका एउटा कार आयात गर्दा २१।५ प्रतिशत राजश्व तिर्नुपर्छ तर अमेरिकाले निर्यात गर्दा २५ प्रतिशत राजश्व तिर्नुपर्छ । यो स्वतन्त्र र न्याययुक्त देखिदैन । यो बर्षौंदेखि रहँदै आएको अन्यायपूर्ण ब्यापार नीति हो । (रासस)

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्