चैते झरीले एक करोड बराबरको काँचो इँटा नोक्सान
नेपालगञ्ज : बाँकेमा आज परेको भारी वर्षाले यहाँका विभिन्न इँटाभट्टाका करीब रु एक करोड बराबरको काँचो इँटा नोक्सान भएको छ ।
गर्मी चढ्न लागेका बेला परेको पानीले शीतलताको अनुभूति भए पनि बाली पाकेर भित्र्याउन लागेका किसानलाई पनि ठूलै मर्का परेको छ । झरीले काटेर खेतमा राखेको गहुँ बालीलाई सबैभन्दा बढी क्षति पु¥याएको कृषि कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए ।
अधिकांश किसानका चना, केराउ र मसुरोलगायत नगदेबाली पनि खेतमा भिजेर नोक्सान भएको छ । बेमौसमी तरकारी र मकैबालीलाई भने पानीले फाइदा पु¥याउने कृषि कार्यालयका प्रमुख बस्नेतको भनाइ छ ।