Logo
२८ पुस २०८१, आईतबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु देशकै लागि दुर्भाग्य: विजुक्छे

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् ।

मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताए ।

अध्यक्ष विजुक्छेले भने, “शासक दलका नेता देशको स्वार्थभन्दा आफ्नो स्वार्थमा लिप्त भएका छन्, नेताहरुले परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे, देशको स्वार्थमा लाग्न सकेनन् ।”

सरकारमा बसेकाले नै शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै उनले शैक्षिक माफिया मौलाउँदै गएकाले गरिबका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित हुँदै गएको छ भने ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले निजी र सामुदायिक विद्यालयबीच रहेको खाडललाई पुर्दै सामुदायिक विद्यालयको शैक्षिक उन्नतिका लागि नगरपालिकाले काम गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरे ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्