Logo
२८ पुस २०८१, आईतबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओली फेरि चुके !

काठमाडौं : करोडौंँ खर्च गरेर जम्बो टोलीका साथ भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली फेरि चुकेका छन् ।

भ्रमणको उपलव्धिबारे समिक्षा गर्दा अति रक्सौल–काठमाडौसम्मको रेलदेखि अन्य महत्वकांक्षी योजनामा दुई देशबीच सहमती भएको छ । यो सकारात्मक हो तर सहमती भएका विषयहरुमा नेपाली पक्षको आन्तरिक तयारी हेर्दा फितलो देखिन्छ । जसका कारण सहमती कार्यान्वयन हुनेमा आशंका देखिएको छ । ।

यसअघिका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा अति महत्वकांक्षी सम्झौता दुई देशबीच नभएका होइनन् तर कार्यान्वयनको पक्ष अति फितलो देखिन्छ । कम्तिमा महत्वकांक्षी सम्झौता गर्नु थियो भने ओली सरकारले आन्तरिक रुपमा आफ्नो तयारीलाई बलियो पार्नुपथ्यो तर महत्वकांक्षी योजनाहरुमा छलफलै भएको पाइन्न ।

पूर्वधारविद् सूर्यराज आचार्य भन्छन्,‘प्राविधिक गृहकार्य नभई अति महत्वपूर्ण विषयमा सहमती भएको छ, यसले सम्झौता कार्यान्वयन हुनेमा शंका पैदा गरेको छ ।’

रक्सौल–काठमाडौसम्मको रेलवेयका निम्ती रेल विभागले केही दिन अघि सम्भाव्यता अध्ययन गरेको थियो । जसको प्रतिवेदन नआउँदै विना आधारमा सम्झौता हुनु गलत भएको आचार्य बताउछन् ।

भारतले नेपालका केही करिडोर रिर्जव गरेर आफ्नो स्वार्थमा ढिलासुस्त गर्ने गरेको बताउँदै यसपटक ओलीको भारत भ्रमणमा आन्तरिक एवं प्रविधिक तयारी नभई सम्झौता गरिदाँ पुनः सोही समस्या दोहोरिन सक्ने आचार्यको बुझाईछ ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्