Logo
१५ पुस २०८१, सोमबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले–माओवादी एकतामा फेरि समस्या, माओवादीले लियो यस्तो अडान

काठमाडौं :एमाले–माओवादी एकतामा फेरि समस्या देखिएको छ । चुनाव चिन्ह्रको विषयमा माओवादी केन्द्रले आफ्नो अडान नछाड्दा समस्या देखिएको हो ।

एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने माओवादीले स्पष्ट पारेको छ । तर एमालेले सूर्य चिन्ह्रनै राख्नुपर्ने बताउँदै आएको छ । माओवादी अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्ननमा सहमति हुन नसक्ने बताएका छन् ।

दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन् । ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेश जस्तो हुन्छ, दाहालको भनाई उद्धृत गदै एक नेताले भने, ‘विगतमा एमालेले पनि सूर्यभत्र हँसिया हथौडा राखेकै हो, झन्डाहरुमा सूर्यभित्र हँसिया हथौथा राखेर प्रयोग पनि गरेकै हुन, त्यसैले उहाँहरुले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा सहमति जनाउनुहुन्छ जस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ ।’

दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेको बताएका थिए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्