Logo
६ पुस २०८१, शनिबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलबीच खटपट : गृहमन्त्रीको ‘गोप्य’ भेलापछि मच्चियो तरंग

काठमाडौं : सत्तारुढ दल माओवादी र एमालेबीच खटपट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतको पाहुना बनेर आराम गरिरहेका बेला यता पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुले गोप्य बैठक डाकेपछि सत्तारुढ दलबीच खटपट सुरु भएको पुष्टी भएको हो । यो भेलापछि निकैनै तंरग मच्चिएको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमध्ये मात्रिका यादव र गिरिजामणि पोखरेलबाहेकको उपस्थिति रहेको सो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै बैठक डाकेका हुन ।
गृहमन्त्री बादलको आक्रोश प्रधानमन्त्रीले गरेको सचिवहरुको सरुवाप्रति लक्षित थियो । आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको बुझिएको छ ।

राति ९ बजेदेखि १२ बजेसम्म खानासमेत खाने गरी भेला भएका माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट र्फकनासाथ विरोध जनाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको स्रोतले बतायो ।

क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ । ओलीको यस्तो एकलौटी कार्यशैली शैह्य नहुने भन्दै गृहमन्त्री थापाले आक्रोश व्यक्त गरेको स्रोतले बताएको छ ।

यसैबीच शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा बादल र माओवादी अध्यक्ष प्रचण्डवीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने स्रोतले बतायो ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्