Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्ली-काठमाडौं रेल सेवा सुरु गर्ने सहमति, पेट्रोलियम पाइपलाइनको पनि आजै शिलान्यास

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको विकासमा कसरी साझेदार बन्न सकिन्छ भन्ने विषयमा भारत गम्भीर रहेको बताए ।

भारतले विकासका लागि मैले सुरु गरेको ‘सबका साथ सबका विकास’ र नेपालको लागि प्रधानमन्त्री ओलीले सुरु गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन एकअर्काको परिपूरक छन्,’ उनले भने, ‘यसकारण हामी यो विषयमा सहमत छौं जनकेन्द्रित योजना, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख शान्ति र समृद्धिको लागि एकसाथ मिलेर अगाडि बढ्नेछौं ।

यसैवीच, भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि आज संयुक्त पत्रकार सम्मेलन गरिएको छ ।

त्यस्तै, नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत जाँच चौकी -आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

आजै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । आज दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्