Logo
१० मंसिर २०८१, सोमबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तर ओरालो लागेको बजार गतसाता सुधारियो, कारोबार रकम ६० प्रतिशतले बढ्यो

काठमाडौं : गत साताको कारोबारमा परिसूचक ३० दशमलव १ अङ्क बढेको छ । केही समययता निरन्तर ओरालो लागेको बजार गतसाता भने केही सुधारिएको थियो । तेस्रो वित्तीय विवरण सार्वजनिक हुने मिति नजिकिदै गर्दा बजार बढ्न थालेको छ । पछिल्लो समय लगानीकर्ता सङ्घ र इन्भेष्टर फोरमको मागप्रति सरकार सकारात्मक भएपछि बजार प्रभावित भएको हो । कारोबारको अघिल्लो २ दिन बजार घटेपनि त्यसपछिका दिनमा परिसूचक बढेको थियो । सो साता लगानीकर्ताहरुले शेयर बजारबाट रू. ३५ अर्ब २८ करोड आर्जत गरेका छन् । त्यस्तै, कारोबार रकम करीब ६० प्रतिशत बढेको छ ।

साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार २ सय ७२ रहेको छ भने दोश्रो विन्दु १ हजार २ सय ९४ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार २ सय ७ र दोश्रो टेवा १ हजार १ सय ६४ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिन सोतो मारुबोजु आकृती बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अर्थात् ४६ दशमलव ८१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय २० दशमलव २९ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन बढेर १ हजार २ सय ५० दशमलव ३९ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक ५४ दशमलव १५ अङ्कले बढेको हो । गत साता बैङ्किङ समूह बाहेक सबै समूहहरुको परिसूचक बढेको थियो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ११ दशमलव २ अङ्कले बढेर २ सय ६६ दशमलव ८९ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन ४ दशमलव शून्य ६ अङ्कले घटेर ९० दशमलव २५ अङ्कमा पुगेको हो ।

बैङ्किङ समूहको परिसूचक ३९ दशमलव ७ अङ्क, विकास बैङ्कको ७८ दशमलव ३८ अङ्क, वित्त कम्पनीको १४ दशमलव ४ अङ्क, लघुवित्तको ९५ दशमलव ३९ अङ्क, होटलको ५६ दशमलव ९३ अङ्क र जलविद्युतको ७९ दशमलव २ अङ्क बढेको थियो । साथै, बीमा समूहको परिसूचक ३ सय ८४ दशमलव ९९ अङ्क, उत्पादन तथा प्रशोधनको १ सय ३ दशमलव ५५ अङ्क, व्यापारको २ दशमलव ७ अङ्क र ‘अन्य’ समूहको २३ दशमलव ९४ अङ्क बढेको हो ।

गत साता २७ हजार ६ सय ३३ कारोबारबाट १ सय ८१ कम्पनीहरुको ५४ लाख ५० हजार २ सय ६० कित्ता शेयरहरु खरीद विक्री भएको अभियानमा लेखिएको छ । जसबाट रू. १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १० दशमलव १७ प्रतिशत कम हो । अघिल्लो साता १ सय ८० कम्पनीहरुको २७ हजार ५ सय २२ कारोबारबाट ५८ लाख ९५ हजार ३० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू. १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको कारोबार भएको थियो ।

सो साता कारोबार रकमको आधारमा नविल बैङ्क लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू. ७ करोड ६७ लाख ३० हजार बराबरको शेयर कारोबार गरेको थियो । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा जनता बैङ्क अग्रस्थानमा रहेको छ । कारोबार भएको शेयर सङ्ख्याको आधारमा यस कम्पनीले १ लाख ५० हजार कित्ता शेयर किनबेच गरेको थियो । र कारोबार सङ्ख्याको आधारमा राधि विद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रहको छ । यस कम्पनीको कारोबार सङ्ख्याको आधारमा २ हजार १ सय १५ ओटा कारोबार भएको थियो ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्