राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई सम्मान गार्ड अफ अनर
नयाँ दिल्ली: भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताभएको छ ।
आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए ।
भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।