Logo
२ माघ २०८१, बुधबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-मोदी भेटवार्ता : नेपालको समृद्धिमा भारतले जस्तोसुकै सहयोग गर्छ

शुक्रवार साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भएको भेटवार्तामा मोदीले नेपालको समृद्धि र विकासमा खुलेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा मोदीले बुढीगण्डकी जलविद्युत परियोजना चीनीयाँ कम्पनी गेजुवालाई नदिनको लागि विशेष आग्रह गरेको स्रोतको दाबी । मोदीले उक्त परियोजना बनाउनको लागि भारत आँफै अघि बढ्ने विश्वास दिलाए ।

त्यस्तै मोदीले नेपालमा व्याप्त रहेको भारतविरोधी भावना हटाउनको लागि पनि नेपाल र भारत सरकार दुवैले पहल गर्नुपर्ने बताएका थिए ।

नेपालको संविधान संशोधनप्रति भारतको कुनै विरोध नरहेको मोदीले ओलीसामू विश्वास दिलाएका थिए । ओलीसँगको भेटवार्तामा उनले भनेका थिए,”नेपालको संविधानको म स्वागत गर्छु, अब हामीले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउनुपर्छ, सिमादेखि सबैखाले समस्या हल गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले आगामी दिनमा मिलेर जानेर विश्वास दिलाए । भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको ओलीको विश्वास छ ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्