Logo
३ आश्विन २०८१, बिहीबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षको अवसरमा ताल किनारमा माछा महोत्सव

पोखरा : होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चौथो बेगनास फिस फेष्टिबल प्रचारप्रसार उपसमितिका संयोजक दामोदर भक्त थापाले यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव आयोजना गरिएको जानकारी दिए ।

लेखनाथ क्षेत्रका पर्यटकीयस्थलका साथै यहाँ पाइने माछा, मह, कफी तथा जडीबुटीको प्रचारप्रसार लगायतका उद्देश्य राखी महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।महोत्सवमा मोटरबोटमा ताल शयर गर्दै बेगनास बराह मन्दिर दर्शनको अवसर, माछापालक कृषकलाई लक्षित गरी माछा रोेग शिविर तथा पानी जाँच्ने कार्यक्रम, माछा, मह तथा कफी प्रदर्शनी र बिक्री, हेलिकप्टरबाट सात तालसहितका पर्यटकीय स्थलको अवलोकनलगायतका आकर्षण रहने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक दुर्गाप्रसाद अधिकारीका अनुसार महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने र ४० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव सञ्चालनमा १७ लाख आम्दानी भई रु १६ लाख खर्च हुने र बचत एक लाख रुपैयाँ ताल सरसफाइका साथै सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने अधिकारीले जानकारी दिए । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्