अस्पतालको बेडबाट रेशम चौधरीको प्रश्न : के म थारु हुँदैमा हत्यारा हो ?
संसारमा एउटा मान्छेले कतिसम्म गुमाउन सक्छ र कति गुमाउनु पर्दछ, मैले आफनो भौतिक शरीर बाहेक सबै गुमाएको कहिले काँही महसुस गर्छु । समाज र देशको लागि भलो चिताएर थुप्रै राष्ट्रिय तक्ता पाएको थिएँ । तर फेरी कुभलो चिताएको आरोपमा देशद्रोही बनाइयो । सायद राजनीतिका चतुर सिकारीहरुले यस्तै, सिकारको खोजी गररिहेका थिए होला ।
हस्पिटलको बेडमा बसेर झुठा आरोपको सामना
प्रजातान्त्रिक,लोकतान्त्रिक मुलुकमा बोल्न पाउने, राज्य सँग आफनो अधिकारको आन्दोलन गर्न पाउने व्यवस्थामा कहाँ निर चुक भयो थाहा भएन आज पनि हस्पीटरको बेडमा बसेर झुठा आरोपहरुको सामना गर्दै न्यायको खोजीमा छु । ममा एक प्रकारको आश राज्यबाट रहेको छ । म मधेशी हुनु भन्दा पहिला , थारु हुनु भन्दा पहिला वा अन्य कुनै समुदायको हुनु भन्दा पहिला म यो देशको नागरीक हुँ । मलाई राष्ट्रको सेवा गर्नको निम्ती यिनै जनताले भारी बहुमतका साथ जिताए र सांसद पनि बनाए । यो देशको नागरीक भएको हुनाले एउटा समाजीक छवी भएको मानिसलाई झुठा मुद्धामा फसाएर सरकारले साबित गर्न खोजेको के हो? अहिले सम्म बुझन सकेको छैन् । के म थारु हुदैमा हत्यारा हो त ? सरकारसँग मेरो प्रश्न: भाद्र ७ गते टिकापुरमा भएको घटनाको बेला साथीहरु लक्ष्मण थारु दाङमा, कोई स्कूलमा,कोई बाहिर,कोई हस्पिटलमा आफू बर्दियामा रहेको कुरा काँल डिटेल्समा देखाइएको छ । नेपाल सरकारले आफैले गठन गरको उच्चस्तरीय छानबिन समितिले गरेको स्थलगत निरीक्षण पछि तयार पारीएको प्रतिवेदन सरकार समक्ष बुझाइसकेको अवस्था छ । तर, आज सम्म त्यो पनि प्रतिवेदन सार्वजनिक गरीएको छैन किन? नैतिकताको हिसाबले पनि सब भन्दा पहिला त्यो प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्यो । यो घटनाले मलाई के सिकायो भने राज्य कानुन सम्मत होइन, व्यक्ति सम्मत चल्दो रहेछ । मुलुकमा सुशासन र समृद्धिको कल्पना तब मात्रै गर्न सकिन्छ जब देशको एउटा निर्दोष व्यक्तिले राज्यबाट न्याय पाउँछ र दोषी उपर कडा कारवाही हुन्छ । राज्यले हामिलाई समानरुपले, एउटै दृष्टिकोणले हेर्नुपर्यो । हामीले पनि देशको अन्य नागरीक जस्तै सम्मान र उचित न्यायको आशा नेपाल सरकारबाट गरेका छौँ ।
त्यसबेला प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा गठन गरिएको देविराम शर्माको छानबिन आयोगले बुझाएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन नगर्नु, सरकारले मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेशनको प्रतिवेदनलाई समेत नमान्नु, एकोहोरो रुपमा आफना कार्यशैलीलाई आरुमाथि लादनु जस्ता कार्य नै शंकाका प्रशस्त आधारहरु हुन् ।
भाद्र ८ गते टिकापुरमा कर्फयू लगाइएको थियो । तर,कफर््यूको सन्नाटामा कोलाहल पनि उति नै थियो । अघि अघि आगो लगाउनेहरुको झुण्ड, पछि पछि उनीहरुलाई सुरक्षा दिने सुरक्षाकर्मीको ताँती,थारुहरुको घरबाट लुटिएका समान हातहातमा बोक्द,ैरमाउन्दै बजार घुमिरहेका लुटेराहरुको झुण्डमा मुस्कुराउन्दै थिएँ सुरक्षा निकाय । घर पसलमा आगो लागेपछि बिनापानीको दमकल साइरन बजाउँदै घटनास्थलमा पुग्यो र एक दुई झिलिक फोटो खिचाएर फर्कीयो ।
टिकापुर नजिकको गाउँ नवलपुरमा राति हत्याराहरु लुकेका छन भनेर छापाका निहुँमा थारु केटीहरुमाथि दुव्र्यवहार गरिएको समाचार किन यो देशका पत्रकारले पढेनन्,छापेनन्रु ? यस्ता कुराहरु कति छन् कति ।
समाजिक छवि भएको र राष्ट्रको लागि केही गर्ने ‘जजबा’
म एउटा समाजिक छवि भएको मान्छे र राष्ट्रको लागि केही गर्ने जजबा ममा सदैव रह्यो । त्यसकारण नै भूमिगत भएर मैले निर्वाचनमा भाग लिए र जिते पनि । आफै सोचनु पर्ने कुरा हो यदीे म दोषी भएको भए मलाई यही देशको जनताले किन अत्यधीक मतका साथ विजय गराउ थेँ होला ? किन जनतालाई मेरो खाँचो पर्यो त ? यो कुराको सवाल,जबाल त कहिले कसैले गरेनन् र राज्यले पनि यसलाई वास्ता गरेन । तर, जनताले भने आफनो निस्वार्थ भावनाले सरकारलाई मेरो पक्षमा जबाब दियो किनकी म दोषी होइन, दोषी कोई अरु हो । कैलाली क्षेत्र न १ बाट निर्वा्चित भइसके पछि राज्य र अदालतले त मलाई दोषी करार दिएका छन् । यही कारण हो निर्वाचित भइसक्दा पनि न त मैले प्रमाण पत्र पाए, न मलाई सपथ ग्रहण गराइयो । त्यसपछि मैले ठाने यसरी हुनैन् र निर्वाचीत भएको प्रमाण पत्र दिनुपर्ने, शपथ खुवाउँनु पर्ने, टिकापुर घटनाका २६ जना दोषीलाई क्षतीपूर्ती सहति रिहा गर्नुपर्ने माग सहित अनसन बसे र ८ दिन पछि गृहमन्त्री रामबहादुर थापा बादलले मुद्धा र्फिता हुने लगायतका अन्य मागहरु पुरा गर्ने प्रतिबद्धता जताए । त्यपछि मैले अनसन तोडे ।
न्यायाको आश र सरकारले गरेको प्रतिबद्धता पुरा हुने प्रतिक्षामा
वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीको सन्देश लिएर गृहमन्त्री रामबहादुर थापा बादल आएका थिए र मलाई पूर्ण विश्वास छ उनले गरेको प्रतिबद्धता छिटै नै पुरा हुन्छ । यदि सरकारले जताएको प्रतिबद्धता पुरा भएन भने हामी सबैका लागि सरकार झुठो हुन जान्छ । यो भन्दा ठूलो लजास्पद कुरा के हुन्छ । सरकारले लगाएको कफ्र्यूका बाबजूद मेरो घरमा आयो लगाइयो ,सामान चोरी भयो ,सबै सामान जलाइयो र सबै भन्दा हास्यास्पद कुरा के हो भने मेरो घर,समाज जलीरहेको छ हामी पिडामा छौँ अनि सरकारले मलाई चोरी, डकैती मामिलामा दोषी ठहर गर्छ । मेरो भनाई सरकारको काम एउटा निर्दोष व्यत्तिललाई उन्मुक्ति दिनु हो न की उसलाई पिडा दिनु ।
न्यायालयको सबालमा
यस घटनाको दोषी जो छ त्यो खुलेआम घुमदै छ र आज म एउटा निर्दोष व्यक्ति सजायको भोगीदार बन्न पुगीसकेको छु । न्यायालयले निष्पक्ष र आफनों आचारसंहितामा रहेर कार्यसम्पादन गर्नु पर्छ न कि कसैको दबाबमा आएर । कसैको दबाबमा आएर म मात्रै होइन की कुनै पनि निर्देष व्यक्तिमाथि झुठा आरोप लगाउनु भएन, दोषी बनाउनु भएन । अर्को कुरा न्यायालयले के पनि गर्नु पर्यो भने जुन घटना घटयो त्यो वास्तबमा राजनीतिक हो की होइना या त्यो घटनालाई कसैले राजनितीक बनाउन खोजेको त होइन भन्ने कुराको पनि छानबिन गर्नुपर्यो । जो निर्दोष छ त्यसमाथि चोरी,डकैतीको मुद्धा चलाउने,ज्यानमारा मुद्धा चलाउने र जो दोषी छ उसलाई खुलेआम घुमन दिने यस्तो यदी भयो भने न्यायालय नै भ्रष्ट हो भन्ने कुरा साबित हुन जान्छ ।
टिकापुर घटना सुनियोजित त होइन
टिकापुर घटनाको जब सम्म उचित छानबिन हुदैँन तब सम्म यो सबैका लागि रहस्यमय नै हुनेछ । यो कुनै पनि हालतमा सानो घटना होइन । सबैले भन्छ यो सुनियोजीत हो र म पनि किनभने सुनियोजीत न भएको भए आज म यहाँ हुने थिएँन । हामी इमान्दार भएर प्रस्तुत भइरहँदा राज्य भने चार कदम अगाडी बढेर हामीलाई दमन गर्न तत्लीन छ ,शायद सहनुलाई हाम्रो कमजोरी सम्झिँदै हो की । जस्तो मलाई घटनाको मुख्य दोषी बनाएर जबरजस्ती मुछने कोशिस गरिदैँछ । त्यस्तै अरु पनि वैकल्पिक तानाबाना बुनिएको थिएन होला भन्न सकिन्न् । एकातिर यो घटनाको प्रकृति हेर्दा आकस्मिक जस्तो लाग्छ,अर्को तिर वस्तुस्थिती केलाउँदै जाँदा सुनियोजीत जस्तो पनि लाग्छ । अब यति मात्रै बुझनु पर्छ थारुहरु न्यायको पर्खाइमा छन् । सदभावको रोटी एक हातले पाक्दैन,सदभावको महशुस दुबै पक्षलाई हुनुपर्छ । गहन छानबिन पछि कुनै न कुनै रुपले पिडितलाई राहतको महशुस गराउन सक्नु नै राज्य सफल हुनु हो ।
–चौधरीसँग गरिएको कुराकानीमा आधारित