Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्री ओलीले भने -“नेपालमा लगानी गर्नुस् सुरक्षा हामी दिन्छौं”

नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

“अहिले नेपालमा राजनीतिक स्थायीत्व भएको छ । सुरक्षा-कानूनी ब्यवस्थापन निकै चुस्त दुरुस्त छ”, भारतीय उद्योग बाणिज्य महासङ्घ (फिक्की)ले आयोजना गरेको कार्यक्रममा ओलीले भने “नेपाललाई हामीले विकसित मूलुक बनाउन चाहेका छौं र यसमा भारतको साथ हुन जरुरी छ । भारतको लगानी हुन जरुरी छ ।”

विश्वको २ बिशाल मूलुकहरु भारत र चाइनाको बिचमा हामी छौं” उनले भने तसर्थ यसको फाइदा नेपालले पाउनै पर्छ ।

कार्यक्रममा भारतीय ठूला ब्यापारिक घरनाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्