Logo
४ आश्विन २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाइरसको संक्रमणले एउटै कुखुरा फार्ममा तीन हजार सात सय कुखुरा मरे

चितवन : चितवनमा एउटै कुखुरा फार्ममा तीन हजार सात सय कुखुरा मरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर–१५, माधवपुरको लामिछाने पोल्ट्री फार्मको चार वटा खोरमा एक हप्तामा तीन हजार सात सय कुखुरा मरेका हुन । कुखुरा भाइरसको संक्रमणले मरेको प्राविधिकले बताएका छन् ।

ठूलो सङ्ख्यामा कुखुरा मरेको थाहा पाएपछि बिहीबार दिउँसो १ बजे जिल्ला पशु सेवा कार्यालयका प्राविधिक टोली त्यस कुखुरा फार्ममा पुगेका थिए । अकास्मत कुखुरा मरेपछि रोग पत्ता लगाउनका लागि प्रयोगशाला परीक्षण भइरहेको छ ।राष्ट्रिय पंक्षी रोग अन्वेषण शाखा भरतपुरका प्रमुख डाक्टर दयाराम चापागाईले प्रारम्भीक परीक्षणमा ‘एच नाइन एन वान’ नामको भाइरसका कारण ती कुखुरा मरेका पत्ता लागेको बताउनुभयो ।

केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौंमा परीक्षण भइरहेको र शुक्रबार बिहानसम्म नतिजा आउने डाक्टर चापागाईले जानकारी दिनुभयो । गएको चैत १५ गते बेलुकी हावाहुरी आएपछि साँझ तीन वटा कुखुरा मरेको त्यस पोल्ट्री फार्मका सञ्चालक अमृत लामिछानेले बताउनुभयो ।१६ गते बिहान खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि तत्काल कुखुराको परीक्षणको लागि भरतपुरस्थित पंक्षी रोग अन्वेषण शाखामा परीक्षण गराउँदा १६ गतेको रिपोर्टमा ‘एआइभी पोजेटिभ’ देखिएको लामिछानेले बताउनुभयो ।

काठमाडौँ पठाइएको नमूना छिटो परीक्षण गर्न पटक–पटक पशुपंक्षी रोग केन्द्रीय प्रयोगशालाका प्रमुख डिकरदेव भट्टलाई फोन गरेको भए पनि वास्ता नगर्नाले ठूलो क्षति व्यहोर्नुपरेको फार्म सञ्चालक लामिछानेले गुनासो छ ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्