Logo
३ आश्विन २०८१, बिहीबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा नवौंँ राष्ट्रिय हेम्जा आलु महोत्सव : कृषिलाई आधुनिकीकरणतर्फ लैजान जोड

पोखरामा : नवौंँ राष्ट्रिय हेम्जा आलु महोत्सव आजदेखि हेम्जाको विष्णुपादुका मैदानमा शुरु भएको छ ।‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेम्जा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ वसुन्धरा काठमाडौंँको आयोजनामा भएको महोत्सव यही चैत ३० गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई कृषि क्षेत्रका रुपमा विकास गर्न आलु महोत्सव जस्तै पहिचान झल्कने कृषि कार्यक्रम अन्य गाउँमा पनि सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । कृषिलाई परम्परागतभन्दा यान्त्रिक र आधुनिकीकरणतर्फ लैजानु आवश्यक रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा आलु महोत्सवलाई सहयोग गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुपरजोन तरकारी कास्कीका विज्ञ वीरेन्द्रबहादुर हमाल र बेनीबहादुर बस्नेत, प्रथम आलु महोत्सवका संयोजक धर्मराज बास्तोला र स्थानीय किसान जयराम तिमिल्सिनालाई सम्मान गरिएको थियो । त्यस्तै आलु कृषक गोकर्ण नगरपालिका–४ काठमाडौंका सन्तलाल श्रेष्ठलाई रु १५ हजार र स्थानीय कृषक घनश्याम तिमिल्सिनालाई रु पाँच हजारसहित सम्मान गरिएको थियो भने यस क्षेत्रमा नहर ल्याउन महत्वपूर्ण योगदान पु¥याएवापत लालबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको थियो ।

महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रामजी बराल, गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, नेपाल बैक लिमिटेड बगरका शाखा प्रबन्धक दिलीप थापा, महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङलगायतले महोत्सवले यस क्षेत्रको कृषिको प्रवद्र्धनमा टेवा पु¥याउने धारणा राखे । (रासस)

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्