Logo
३ आश्विन २०८१, बिहीबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव बेचबिखन र लैंगिक हिंसामा परेका छात्रालाई छात्रवृत्ति

चितवन : मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ । हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिका भित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिएका छन् ।

संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले बिहिबार दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताएका छन् ।

समस्याको शुरुवात हुनुपुर्व नै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाईको भनाइ छ । छात्रवृत्ति प्राप्त गर्ने चेलीका अभिभावक विमला विकले आएको रकम सही सदुपयोग हुने बताएकी छिन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्